डोटीको सेती महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका सरस्वती कामी नेतृत्वको संयुक्त प्यानल बिजयी


घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस जोरायलमा अखिल क्रान्तिकारीका उम्मेदवार सरस्वती कुमारी कामी नेतृत्वको प्यानल निर्वाचित भएको छ । उनका प्रतिश्पर्धी नेपाल बिद्यार्थि संघका उम्मेदवार शुसिलराज भट्टले ३४ मत प्राप्त गर्दा कामीले १० मतको अग्रता कायम गर्दैै ४४ मतका साथ कामी निर्वाचित भएकी हुन् । डोटी जिल्लाबाट स्वतन्त्र बिद्यार्थि यूनियन (स्वबियू) अध्यक्षमा निर्वाचित हुने पहिलो दलित महिला हुन । माओवादी निकट अखिल क्रान्तिकारीका तर्फबाट उम्मेदवार बनेकी कामीलाई एमाले निटक अनेरास्वबियूको सहयोगमा स्वबियू अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।
अखिल क्रान्तिकारी र अनेरास्वबियूको संयुक्त प्यानल बनाई डोटी जिल्लाभर तालमेल गर्ने सहमती अनुसार सुदूरपश्चिम बिश्वबिद्यालय संग सम्बन्धन रहेको घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले नेतृत्व गर्ने सहमती भएको थियो ।
अखिल क्रान्तिकारी र अनेरास्वबियूको संयुक्त प्यानलका सचिबका उम्मेदवार अनेरास्वबियूकी सचिब बसन्ती थापा ५०, कोषाअध्यक्ष बमबहादुर खत्री ४९ लिएर बिजयी भएका छन् भने उनका प्रतिप्रश्धी नेपाल बिद्यार्थि संघका सचिबका उम्मेदवार सचिब नानु मल्ल २६, कोकिला बोहरालृे २७ मत ल्याएको निर्वाचन अधिकृत गणेशराज भट्टले जानकारी दिए । सदस्यहरुमा कमला सार्की, बिष्ना बोहरा, लक्ष्मी साउँद र रक्षा अवस्थी निर्वाचित भएका हुन । कुल ८५ बिद्यार्थि रहेको उक्त क्याम्पसमा ७८ जना बिद्यार्थिले निर्वाचनमा मतदान गरेका थिए ।
