Before Header
After Navigation

पूर्वीचाैकीका २९ विद्यालयमा वाइफाइ जडानको कार्य अलपत्र

मोहन ठकुल्ला, डोटी

डोटीको पूर्वीचाैकी गाउँपालिकाका २९ विद्यालयमा इन्टरनेट  वाइफाइ जडानको काम अलपत्र परेको छ । गत असारमा  साङ्ग्रिला इन्फरमेटिक प्रा.लीसँग गाउँपालिकाका विद्यालयमा वाइफाइ जडान गर्ने  सम्झौता भएको थियो । असार महिनामा  शिक्षा मन्त्रालयले  देशका ६६ जिल्लाका विद्यालयहरूमा वाइफाइ जडान गर्ने निर्णय गरेको छ ।

Sagan sahari bhawan nirman aayojana

वाइफाइ जडान भएका  विद्यालयमा वाइफाइकाे लाइन नछोडिएको पूर्विचाैकी गाउँपालिका वडा नम्बर २ स्थित भारताेली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर ओलीले बताए । गाउँपालिका र साङ्ग्रिला प्रालिले भोलि भन्दै लाइन नछाडेको उनले बताए ।

पालिकामा ३२ विद्यालय रहेकोमा २९ विद्यालयले वाइफाइ स्वरूप तिर्नुपर्ने रु. सात हजार पाँच सय भुक्तानी गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख विनोद भट्टले बताए । अन्य विद्यालयले भुक्तानी गर्न ढिलाइ गरेका कारण जडानको कार्य ढिलाइ भएको प्रमुख भट्टको भनाइ छ ।

वाइफाइ जडानको लागि आवश्यक पर्ने सामाग्री गत असारमै विद्यालयलाई उपलब्ध गराएको भए पनि गाउँपालिकाले उक्त कार्यमा लापरबाही गरेको साङ्ग्रिला प्रालिले जनाएको छ ।  गाउँपालिकाबाट रकम भुक्तानी नहुँदा जडान कार्यमा ढिलाइ भएको साङ्ग्रिला प्रालिका नारायण माझीले बताए ।  गाउँपालिकाले ढिलाइ गरेर फागुन महिनामा भुक्तानी दिएको माझिले बताए ।

Shaileshwori
Loading...