सुदूरपश्चिममा एसइई परीक्षाको तयारी पुरा

गणेश मौनी 
चैत्र १६ डोटी 
भोलि देखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सुदूरपश्चिम प्रदेशमा तयारी पुरा भएको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ । दुई सय आठ वटा परीक्षा केन्द्र रहेको सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा आवश्यक उत्तर पुस्तीका पुग्नुका साथै सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास निर्देशनालय दिपायलका निर्देशक दुर्गादत्त विष्टले बताउनु भयो ।उनले भने माध्यमिक शिक्षा परीक्षाको लागि आवश्यक पर्ने परीक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्ष, सुरक्षा व्यवस्था, उत्तर पुस्तीका लगायतका सम्पूर्ण तयारी पुरा भएको बताउनु भयो ।
Sayalb
परीक्षामा नियमित, एक्ज्याम्टेड र ग्रेडबृद्धी गरी ५५ हजार तीन सय ७६जना विद्यार्थीहरू परीक्षामा सहभागिता रहने निर्देशनालयले जनाइएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार नियमित तर्फ ५० हजार पाँच सय ७४ जना,  ग्रेड वृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ २ हजार नौ सय ४४ जना विद्यार्थीहरू रहेका छन् ।
प्रदेशका नौ वटा जिल्ला मध्य सबैभन्दा बढी कैलाली जिल्लाबाट सहभागी हुने भएका छन् । कैलालीबाट १७ हजार सात सय ४२ जना विद्यार्थीहरू रहेका छन् भने सबैभन्दा कम डडेलधुराबाट दुई हजार ६ सय ८९ जना विद्यार्थीहरू रहेका छन् । त्यस्तै अन्य जिल्लाहरूमा डोटीबाट तिन हजार सात सय ७२ , बाजुराबाट तिन हजार एक सय ६३, बझाङबाट चार हजार चार सय,अछामबाट पाँच हजार ७३ , दार्चुलाबाट दुई हजार नौ सय ७१, बैतडीबाट पाँच हजार तीन सय ५१, र कञ्चनपुरबाट १० हजार दुई सय १५ जना परिक्षार्थीहरुको सहभागिता रहने निर्देशनालयले जनाएको छ ।
त्यस्तै सबै भन्दा बढी परीक्षा केन्द्र कैलालीमा ५३ वटा, डडेल्धुरामा १२, डोटीमा १२, बाजुरामा १५, बझाङमा १८, अछाममा २४, दार्चुलामा १६, बैतडीमा २५, कञ्चनपुरमा ३३ परीक्षा केन्द्रहरू रहेको समेत निर्देशनालयले जनाएको छ ।  परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ भने परीक्षाको पहिलो  दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने भएको छ ।
Shaileshwori
Bolpatra
Loading...