

होटल व्यवसायी सघं डोटीको १५औँ साधारण सभा तथा पाचौँ जिल्ला अबिधेशनबाट अध्यक्षमा लोक बहादुर खड्का सर्बसम्मत चयन भएका छन् । दिपायलमा सम्पन्न अधिबेशनबाट अध्यक्ष खड्का संगै अन्य १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर मन्नी, उपाध्यक्षमा रामबाबु यादव र महासचिवमा हरिस कुँवर चयन भएका हुन् ।
त्यस्तै सचिवमा नरेश बोगटी, कोषाध्यक्षमा पूजा रावल, सह कोषाध्यक्षमा हर्क बहादुर बोगटी चयन भएका छन् । भने अन्य सदस्यहरूमा मान बहादुर धामी, दीपेन्द्र केसी, बोझ बहादुर बोगटी , नन्दन कार्की, गणेश बोहरा, जनक खड्का र पुष्पा श्रेष्ठ चयन भएका छन् ।
