
आदर्श गाउँपालिकामा बर्थिङ सेन्टर र सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गरिएको छ । आदर्श गाउँपालिका–३ काडिमा वर्थिङ सेन्टर र वडा नं. ४ को डोकटमा सामुदायिक इकाई केन्द्रको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायाले उद्घाटन गर्नु भएको हो ।
आदर्श गाउँपालिका–३ काडिमा वर्थिङ सेन्टरको ३० लाख लागतमा नयाँ संरचना निमार्णगरी सेवाको सुरुवात गरिएको हो भने वडा नं. ४ डोकटमा यस अघी नै संरचना निर्माण सम्पन्न भई नयाँ स्वास्थ्य ईकाइको सुरुवात गरिएको हो ।
स्वास्थ्य सेवा लिनका लागी मव्वा नगरदह र देहिमाण्डौसम्म घण्टौं हिडेर जानु पर्ने बाध्यताका कारण गाउँ नजिकै सेवा प्रवाह गर्ने उदेश्यका साथ स्वास्थ्य इकाइ र बर्थिङ सेन्टर स्थापना गरिएको उपाध्यक्ष लक्ष्मी रोकायाले बताईन् ।


नयाँ सुरु गरिएको स्वास्थ्य संस्थाहरुमा एसपिए तालिम प्राप्त स्वास्थ्यकर्मीको ब्यबस्था गरिएको आदर्श गाउँपालिका स्वास्थ्य संयोजक बमबहादुर खड्काले जानकारी दिए । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष, स्वास्थ्य कर्मचारी, महिला स्वास्थ्य स्वयम सेबिका तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।
