अपाङ्गता भएका ब्यक्तिहरुका सवालमा सरोकारवालासँग संवाद कार्यक्रम सम्पन्न

Sayalb

अछाम , बैशाख ८
अछामको मेल्लेख गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुको सवालमा अपाङ्गता भएका ब्यक्तिहरु,स्थानीय सरकारका प्रतिनिधी र महिला धार्मिक अगुवा बिच संवाद कार्यक्रम सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा अन्तरधार्मिक राष्ट्रिय सञ्जालद्धारा सञ्चालन भइरहेको अपाङ्गता समावेशिकरण परियोजना अन्तरगत संवाद कार्यक्रमको आयोजना गरिएको हो ।
मेल्लेख गाउँपालिका स्तरिय महिला अन्तरधार्मिक सञ्जालकी अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारी, बिशिष्ट अतिथी मेल्लेख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा रहनु भएको थियो ।
कार्यक्रमकामा सहभागी अपाङ्गता भएका ब्यक्तिहरुले चालचलन र परम्पराका नाममा आफुमाथी समाजमा बिभिन्न प्रकारका बिभेद हुने गरेको दुखेसो पोख्दै धार्मिक अगुवाहरुले यस बिषयमा गम्भिर हुनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा अन्तरधार्मिक संजाल मेल्लेखका अध्यक्ष कृपराज भट्टराईले धर्मले अपाङ्गता भएका ब्यक्तिहरु माथि बिभेद नगरेको भए पनि चाल चलन र परम्पराका कारण बिभेद भइरहेको क्ुरा उल्लेख गर्दै अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान पुर्वक जिवन यापन गर्ने वाताबरण तयार गर्ने बिषयमा धार्मिक क्षेत्रको पनि महत्वपुर्ण भूमिका रहेको बताउनुभयो ।
स्थानीय सरकारले अपाङ्गता भएका ब्यक्तिहरुका सवालमा काम गरिरहेको तर्फ जोड दिदै मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारीले समुदाय र टोल स्तरमा नै अपांगता भएका ब्यक्तिहरुका सवाल तथा परम्परागत हानिकारक अभ्यास न्यूनिकरणका लागि धार्मिक अगुवालाई परिचालन गर्ने योजना गाउँपालिकाको रहेको बताउनुभयो ।
कार्यक्रमको सहजिकरण डिलबहादुर सिंहले गर्नु भएको थियो ।

Shaileshwori
Loading...