माेहन ठकुल्ला डाेटी, बैसाख ८
जिल्ला अस्पताल डाेटी सेवा ग्राहीहरूकाे मन जित्दै गएकाे छ । गत आर्थिक वर्ष २०७७/७८ काे तथ्यांक अनुसार १३ हजार बिरामीले स्वास्थ सेवा लिएकाे अस्पतालले जानकारी दिएकाे छ । आर्थिक वर्ष २०७८/७९ काे नाै महिनाकाे तथ्यांक अनुसार हालसम्म १७ हजार बिरामीले सेवा लिएकाे निमित्त मेडिकल सुपरिटेन्डेन्ट निराजन श्रेष्ठले जानकारी दिनु भएकाे छ । सेवाग्राही दिनानुदिन बढ्दै गएकाले याे आर्थिक वर्षमा २५ हजार देखि २६ हजारसम्म बढ्न सक्ने श्रेष्ठले बताउनु भयाे ।
यस अघि आर्थिक वर्ष २०७६/ ७७ मा सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्ला अस्पतालहरूमा स्वास्थ निर्देशनालयले गरेकाे अनुगमन तथा सर्वेक्षणमा ७५ अंक प्राप्त गरि सुदुरपश्चिम प्रदेशभरिकै उत्कृष्ट अस्पताल बन्न सफल भएकाे थियाे ।
आर्थिक वर्ष २०७८/७९ मा गरेकाे अनुगमन तथा सर्वेक्षणमा अस्पतालले सेवा प्रवाह तथा कार्य सम्पादनका आधारमा दुई अंक बढाइ ७७ अंक प्राप्त गरेकाे निमित्त श्रेष्ठले बताउनु भयाे ।
उसाे त नेपालकाे संविधान २०७२ काे धारा ३५ मा स्वास्थ सम्बन्धि हककाे व्यवस्था गरिएकाे छ । जस बमोजिम प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ सेवा नि:शुल्क प्राप्त र कसैलाई आकस्मिक स्वास्थ सेवाबाट वञ्चित गरिने छैन् भनेर भनिएकाे छ जस अन्तर्गत जिल्ला अस्पताल डाेटीले पनि जनतालाई दिने सेवा सुविधामा फड्को मारिरहेकाे छ । अस्पतालबाट प्रदान गरिने स्वास्थ सेवामा केही सेवाहरू नि: शुल्क प्रदान गर्दा सेवाग्राहीहरूमा खुसी छाएको छ । डाेटी जिल्लाभरी प्रसूति सेवाका लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएकाे निमित्त मेडिकल सुपरिटेन्डेन्ट निराजन श्रेष्ठले बताउनु भएकाे छ । अस्पतालले नि:शुल्क प्रसूति अप्रेसन सेवा दिदै आएकाे जानकारी दिएकाे छ । सुत्केरी महिला र बच्चालाई रेफरकाे समस्या निम्तिएमा अस्पतालले एम्बुलेन्स सेवा नि:शुल्क दिदै आएकाे श्रेष्ठले बताउनु भयाे । सरकारले ताेके बमोजिम नि:शुल्क ओैषधी वितरण गर्दै आएकाे जानकारी दिएकाे छ । आङ खसेका तथा पाठेघर झरेका महिलाहरूकाे (हिस्टेरेकटाेमी) अप्रेसन सेवा नि:शुल्क दिदै आएकाे बताउनु भयाे ।
त्यस्तै भुकम्पबाट प्रभावित नागरिकहरूलाई नि:शुल्क स्वास्थ सेवा उपलब्ध गराउदै आएकाे सुपरिटेन्डेन्ट श्रेष्ठले जानकारी दिएकाे छ । थाईराइड, प्रेसर,सुगर राेग तथा असहाय र अति गरिब , एक्कल महिला, पूर्ण अपांग जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा एकाइबाट नि:शुल्क सेवा दिदै आएकाे जानकारी दिएकाे छ ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष धनबहादुर नेपालीका अनुसार अस्पतालकाे स्तर उन्नतिकाे लागि आवश्यक सामग्री ल्याउने प्रयास गरिरहेकाे बताउनु भयाे । जिल्ला सेवाग्राहीहरूलाई थप सेवा सुविधा दिनकाे लागि अस्पतालमा आइसियु र डाइलासिस कञ्चालनकाे लागि विशेष पहल गरिरहेकाे अध्यक्ष नेपालीले बताउनु भयाे । आगामी दिनहरूमा बिरामी कुरूवालाई पनि कसरी नि:शुल्क खानाकाे व्यवस्था मिलाउन सकिन्छ त्यस विषयमा याेजना बनाई रहेकाे उहाले बताउनु भएकाे छ ।
अस्पतालले महिलाकाे १२ हप्ता देखि १८ हप्ता सम्मकाे गर्भपतन सेवा दिदै आएकाे बताएकाे छ । त्यस्तै अस्पतालमा शव वहानकाे व्यवस्था पनि गरिएकाे छ । वर्तमान समयमा अस्पतालले आफ्नाे आर्थिक उन्नति प्रगतिकाे लागि अक्सिजन सिलिन्डर भरेर बाहिर बिक्रीवितरण गरिरहेकाे जानकारी दिएकाे छ । अस्पतालले वर्तमान समयमा विशेषज्ञ सेवाहरू एमडिजिवी तथा इमर्जेशी सेवा, भ्यासेक्टाेमी,मिनिल्याब, हाइड्राेसिल, हर्निया, पाठेघर खसेकाे, एपेन्डिसाइटकाे अप्रेसन सेवा दिदै आएकाे जानकारी दिएकाे छ ।