

मोहन ठकुल्ला/बैशाख ९ डोटी
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रदेश स्तरिय प्रतियोगिता डोटीमा हुने भएको छ । जिल्ला खेलकुद समिति डोटीले शनिवार पत्रकार सम्मेलन गरि पुरूष तथा महिला भलिबल प्रदेश स्तरिय छनोट प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगिता आइतबार देखि सुरू हुने खेलकुद समितिले जानकारी दिएको छ ।
तेह्रौ राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिताको लागि सुदुरपश्चिम खेलकुद परिषद्को आयोजना र जिल्ला खेलकुद समितिको समन्वयमा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिातमा सुदुरपश्चिम प्रदेश अन्तर्गतका नौं वटा जिल्लाबाट महिला र पुरूषको प्रत्येक जिल्लाबाट २ टिम सहभागीता रहने छ ।
खेल नकआउट सिस्ट र बेष्टअफ थ्रि कोमा खेलाइने जिल्ला खेलकुद समिति अध्यक्ष प्रकाश शाहीले बताउनु भयो । आगामी दिनमा जिल्लामा खेलाडी उत्पादन र प्रशिक्षकलाई दक्ष्य अनुभवी बनाउने शाहीले बताउनु भएको छ । जिल्लामा खेलकुद सञ्चालन हुँदै गर्दा क्रियाशिल पत्रकारहरूको प्रचारप्रसार गर्न मुख्य भूमिका खेल्नु पर्ने पूर्व जिल्ला खेलकुद अध्यक्ष तथा दिपायल सिलगढी नगरपालिका वडा न ६ का वडा अध्यक्ष नरेश मलासीले बताए । खेलकुद क्षेत्रमा बजेट नहुँदा खेलाडीले सीप सिक्न नपाएर पछाडि धकेल्लिनु परेको सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य चित्र भट्टले बताउनु भयो । दुइ दिन सम्म हुने उक्त प्रतियोगिता आईतबार बिहान ८ बजेबाट जिल्ला सदरमुकाम सिलगढीको टुडीँखेल मैैदानमा उद्धघाटन हुने आयोजकहरुले जानकारी दिएका छन् ।
