सिलगढीमा निशुल्क स्वास्थ्य शिबिरको आयोजना

सुवास नेपाली
डोटीको सिलगढिमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । दिपायल सिलगढि नगरपालिका वडा नं ६ सिलगढी, जिल्ला अस्पताल डोटी, मायाँ मेट्रो अस्पताल र भैरव प्रसाद गणको संयुक्त आयोजनामा जिल्ला अस्पताल डोटीमा एक दिन स्वास्थ्य शिबिरको आयोजना गरिएको हो ।
आर्थिक अभावका कारण रोग पालेर बसेका बिरामीहरुका लागी बिशेषज्ञ चिकित्सक मार्फत चेकजाँच गराई औषधी उपचार गर्ने उदेश्यका साथ शिबिरको आयोजना गरिएको दिपायल सिलगढि नगरपालिका वडा नं.६ का वडा अध्यक्ष मलासिले बताए । शिबिरको उद्घाटन गर्दै दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजिसिं खड्काले बिभिन्न रोगबाट ग्रसित बिरामीहरुको पहिचान सहित उपचार हुने बिश्वास ब्यक्त गर्नु भएको थियो ।

Sayalb


शिविरमा मायाँ मेट्रो अस्पताल धनगढीका हाडजोर्नि तथा नसा रोग विशेषज्ञ डा.पुजन पन्त, बाल रोग विशेषज्ञ डा.सुलोचना दाहाल,छाला तथा यौन रोग विशेषज्ञ डा. प्रियंका मैनाली , स्त्रीरोग विशेषज्ञ डा.रबिन्द्र देव भट्ट ,दन्त रोग विशेषज्ञ डा. प्रेरणा शर्माले बिरामीहरुको चेकजाँच गर्नु भएको छ । यसका साथै जिल्ला अस्पतालमा रहेका बिशेषज्ञ सहित डाक्टरहरुले चेकजाँच गरेका छन् ।
जिल्लामा अधिकांस जनता आर्थिक अभावमा स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेको र यस्ता शिविरले आर्थिक अभावमा रोग पालेर बसेका जनतालाई ठुलो राहत पुगेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए ।


एक दिने निशुल्क स्वास्थ्य शिविरमा विभिन्न विधाका बहुसंख्यक विशेषज्ञ चिकित्सक सहितको मेडिकल टिमबाट निशुल्क सेवा दिईएको हुँदा बिशेष गरि दिपायल सिलगढी नगरपालिका ,पुर्विचौकी गाउपालिका ,आदर्श गाउपालिका,केआइसिंह गाउपालिका,सायल गाउपालिका बिरामीहरु लाभाम्बीत भएका छन् ।

Shaileshwori
Bolpatra
Loading...