संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ। आइतबार बिहान मकालु गाउँपालिका –३  नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि डाइभर्सन टनेल थुनिएर ताल बनेको छ।

Sayalb

अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए। अहिले आयोजनाको ड्यामसाइडको अस्थायी बाँधमा पानी भरिएको छ। टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको प्रहरी प्रमुख गोदारले बताए। पहिरोले अरुण थुनिएपछि २ किलोमिटर माथिसम्म ताल बनेको छ।

टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको हो। अरुण नदीलाई वहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेल मार्फत अरुण नदी मोडिएको थियो।

Shaileshwori
Loading...