बझाङमा हिमपातले यार्सागुम्बा संकलन गर्न समस्या

Sayalb

 बझाङमा हिमपातले यार्सागुम्बा संकलन गर्न समस्या भएको छ। केही दिनयता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न भूभागमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयहरु घर फर्किन लागेका हुन्। यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक हिमपात भइरहेको छ। हिमपातले यार्सागुम्बा संकलन गर्न समस्या हुने गरेको र त्यो ठाउँमा चिसोले बस्न नसकिएकाले घर फर्किनु परेको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका प्रकाश धामीले बताए।वर्षा र हिमपात भएपछि स्थानीयहरु आफ्नो ज्यान जोखिममा पारेर घर फर्किरहेका छन्। जिल्लामा आइतबार मात्रै यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको थियो। मंगलबार पनि यार्सागुम्बा टिप्न गएकी एक महिला हिम पहिरोमा परेर बेपत्ता भएकी छन्।

Shaileshwori
Loading...