
एकेन्द्र चन्द, डोटी
गौरीशंकर आधारभुत बिद्यालयको व्यवस्थापन समिति गठन गरिएको छ । डोटीको बडीकेदार गाउँपालिका–५ मा रहेको उक्त विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा टेक बहादुर चन्द सर्वसहमत चयन भएका छन् । यो उनको दोस्रो कार्यकाल हो ।

बुधबार आयोजना गरिएको अभिभावक भेलाबाट चन्दको नेतृतवमा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा मान बहादुर नेपाली देबा देबि चन्द, खिमा देबि चिमाला, कलम बहादुर भुल, जानकी देबि चन्द, शिक्षक प्रतिनिधिबाट पदमा देबि चन्द सदस्य सचिवमा टीका कुमारी बम चन्द चयन भएका हुन् ।
अध्यक्षमा चयन भएपछि विद्यालयको भौतिक संरचना लगायत शैक्षिक गुणस्तर उकास्ने काम गर्ने चन्दले बताए
