शिब शिखरबाट ठगिनेलाई उजुरी दिन डोटी प्रहरीको आब्हान

शिब शिखर सहकारी संस्थाबाट ठगी भएकाहरुलाइ उजरी दिनका लागी जिल्ला प्रहरी कार्यालय डोटीले आब्हान गरेको छ । उक्त सहकारीले ठगी भएको भनि बिभिन्न ठाउँबाट उजुरी आईरहेको हुँदा यस जिल्लामा समेत शाखा रहेको हुँदा ठगिएको भए उजुरी गर्ने आब्हान गरेको छ ।

bhukampa

श्री शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था सम्बन्धमा
जाहेरी दरखास्त पेश गर्न आउने बारे सुचना ।
श्री शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि को केन्द्रिय कार्यालय भक्तपुर भई बिभिन्न जिल्लाहरुमा सेवा केन्द्र शाखा हरु संचालन रहेकोमा उक्त सहकारी संस्थाका पदाधिकारीहरु र कर्मचारीहरुले निक्षेप कर्ताहरुको बचत रकम फिर्ता नगरेको शिवशिखर अर्गनाइजेसन लगायतका प्राइभेट फर्महरुमा लगानी गरी हिनामिना गरेकोले निज उपर कार्बाही गरीपाउ भनि भक्तपुर जिल्ला भित्रका शाखाहरुका बचत कर्ताहरुले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा दिइएको जाहेरीको आधारमा सहकारी ऐन २०७४ बमोजिमको कसुर मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भई रहेको हुदा उक्त सहकारी संस्थाको कार्यालय यस जिल्लामा समेत रहेकोले उक्त संस्थामा बचत कर्ता रहि बचत रकमको सावाँ व्याज फिर्ता नगरेको लगायतका ठगी भएरगरेको भए जाहेरी दरखास्त पेश गर्ने प्रयोजनार्थ आ आफ्नो नागरिकताको प्रतिलिपि, पासबुक लगायतका प्रमाणहरु साथमा लिइ यथासिघ्र यस जिल्ला प्रहरी कार्यालय डोटीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न आउन हुन सुचित गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटी

Shaileshwori
Loading...