सिडिएफद्धारा लम्पी स्किनको उपचारका लागी शिखर नगरपालिकालाई औषधी सहयोग

Sayalb

डोटी जिल्लामा पछिल्लो समयमा पशु चौपायामा फैलियको महामारी नियन्त्रणका लागी सामुदायिक बिकास मञ्च (सिडिएफ) नेपालले शिखर नगरपालिकालाई सहयोग गरेको छ । पशुचौपामा देखा परेको लम्पी स्किन नामक भाइरसजन्य सरुवा रोगको रोकथाम तथा नियन्त्रण लागि पशुको उपचारमा प्रयोगमा आउने विभिन्न पशुजन्य एक लाख बराबरको औषधी शिखर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
गुड नेवर्स इन्टरनेसनल नेपाल को आर्थिक सहयोगमा सामुदायक बिकास मन्च (सिडिएफ) नेपाल डोटी मार्फत सञ्चालित एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो कार्यक्षेत्र भित्र रहेको डोटी जिल्लाको शिखर नगरपालिका लाई हस्तान्तरण गरेको एकीकृत सामुदायिक बिकास परियोजनाका कृषी प्राबिधिक निरज बोगटीले बताए ।
अहिलेलाई पालिका भित्रको बढी प्रकोप देखा परेको वडाहरुमा औषधी बिवरण गर्ने शिखर नगरपालिकाका नगर प्रमुख दिर्घबहादुर बलायरले बताए र थोरै भएपनी शिखर नगरपालिका भित्रका पशु कृषकलाई राहत पुग्ने बलायरले बिश्वास ब्यक्त गरे ।

Shaileshwori
Loading...