बोगटानको गगुडाका ६ जना बालबालिकामा कुपोषण

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडामा ६ जनामा कुपोषण भेटिएको छ । आइतवार स्वास्थ्य कार्यालय डोटीको आयोजनामा गगुडा स्वास्थ्य चौकीमा पोषण अवस्थाको पहिचान अभियानबाट ६ जनामा कुपोषण फेला परेको हो ।
पोषण अवस्थाको पहिचान अभियान कार्यक्रममा ६ महिना देखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषणको अवस्था जाँच गरिएको हो । गगुडा स्वास्थ्य चौकीका सूचना अधिकारी तथा सिअहेव शिशिर बोगटीका अनुसार एक सय ५४ जनाको पोषण अवस्था जाँच गरिएकोमा एक जनामा कडा शीघ्र कुपोषण र पाँच जनामा मध्यम कुपोषण रहेको पाइएको छ ।
Sayalb
कडा शीघ्र कुपोषण भएको बच्चालाई उपचारको लागि चवराचौतारा स्वास्थ्य चौकी (ओटीसी) सेन्टरमा पठाएको बोगटीले बताए ।
 
Shaileshwori
Loading...