

डोटीको दिपायलमा अत्याधीक गर्मी बढेको छ । दिपायलमा ३९.४ डिग्री सेल्सियस तापक्रम पुगेको जल तथा मौसम बिज्ञान बिभागले जानकारी दिएको छ । बिभागले आफ्नो वइवसाईट मार्फत जानकारी दिएको हो । बिगतका बर्षहरु भन्दा अचाक्ली गर्मि बढेको स्थानीयहरुले बताएका छन् । देशको सबै भन्दा गर्मी हुने ठाउँ नेपालगन्जमा ४१.५ डिग्री सेल्सियस पुगेको छ । त्यसैगरी धनगढीमा तापक्रम ४०.५ डिग्री सेल्सियस रहेको छ । दिपायलमा यस बर्षकै सबै भन्दा गर्मी भएको स्थानियहरुले बताएका छन् ।
