बाजुराको बिछ्या केन्द्रबिन्दु बनाई दुई महिनामा तिन पटक भूकम्प

Sayalb

सोमबार बिहान भूकम्पको धक्का गएको छ । बाजुराको बिछ्या केन्द्र बिन्दु भई बिहान ७ः ३८ मिनेटमा ४.४ रेक्टरस्केलको भूकम्प गएको खानी तथा भू–गर्भ बिभागका भूगर्भबिद् राजेश शर्माले जानकारी दिनु भएको छ । बाजुराको बिछ्यामा केन्द्रबिन्दु बनाई दुइ महिनामा तिन पटक भूकम्प गएको छ ।
पछिल्लो समय बाजुरालाई केन्द्रबिन्दु बनाई बढी भूकम्पहरु गईरहेका छन् । पछिल्लो समय पश्चिममा गएका सबै भूकम्प मध्य ५० प्रतिशत भन्दा धेरै भूकम्पको केन्द्रबिन्दु बाजुरामा रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।
यस अघी २०८० बैशाख २८ गते बिहिबार बिछ्या केन्द्रविन्दु भएर बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएका छ ।

Shaileshwori
Loading...