

डोटीको सेती नदीमा नुहाउने क्रममा रामेछापका युवक बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका-५ कृतिगाउँ घर भई हाल काठ चिरानको काम गर्दै आएका २४ वर्षीय मिलन तामाङ दिपायल सिलगढी नगरपालिका ३ कैलडामा आइतवार साझ ५ः३० वजेको समयमा सेती नदिमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए ।
बेपत्ता भएका तामाङकोे जिल्ला प्रहरी कार्यालय डोटी, ईलाका प्रहरी कार्यालय दिपायल र स्थानियहरुको सहयोगमा खोजिकार्य भइरहेकाे प्रहरी निरिक्षक लक्ष्मीराज जाेशीले बताए ।
