मर्जरमा जान चाहने क्याम्पसलाई असारभित्र निवेदन दिन त्रिविको आह्वान

 त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्मको समय दिएको छ। त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले आज एक सूचना जारी गर्दै मर्ज हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन भनेको हो।
नवीकरण अद्यावधिक भएका त्रिविबाट सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पसहरु पूर्णरुपले समायोजन हुन चाहेमा आफ्नो क्याम्पससभा वा संचालक समितिबाट समायोजन हुने निर्णय गराई असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेश गर्नुपर्नेछ।

Sayalb

समायोजनबापत कुनै शुल्क नलाग्ने त्रिविले स्पष्ट पारेको छ। मर्ज हुन चाहने क्याम्पसहरुको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरु, नवीकरण पत्रहरु र अक्षयकोषको रसिदको प्रतिलिपी बुझाउनुपर्ने त्रिविले जनाएको छ।

त्रिविबाटै सम्बन्धन पाएका सबैभन्दा धेरै आंगिक, सामुदायिक र निजी क्याम्पस विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेका छन्। विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभर १ हजार ४ सय ४० अंगिक, सामुदायिक र निजी क्याम्पस संचालन छन्। तीमध्ये ३ सय निजी, २ सय १८ सामुदायिक र २१आंगिक क्याम्पसमा एक सयभन्दा थोरै विद्यार्थी अध्ययनरत छन्।

Shaileshwori
Loading...