
डोटी : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले पहिलो कार्यकालमा गरेका काम बिस्तारै देखिँदै बताएका छन् । बिहीबार गृह जिल्लाको के.आइ.सिंह गाउँपालिका-५ राना गाउँमा निर्माण भएको सचेतना बाल विकास केन्द्रको भवन उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।

पाँच वर्षे कार्यकालमा जनताले अनुभूति गर्ने गरी कार्य सम्पादन भएकाले बिस्तारै परिणाम देखिने उनले बताए । दलित समुदायको बाहुल्यता रहेको वस्तिमा बाल विकास केन्द्रको भवन भनेपछि वस्तिमा छाएको खुसी देखेर आफू पनि खुसी भएको उनले बताए ।
बाल विकास केन्द्रको भवन निर्माण गर्न स्थानीय खगेन्द्र विकले २ रोपनी जग्गा दिएका थिए । भवन उद्घाटन कार्यक्रममा जग्गा दान गर्ने विकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
