Before Header
After Navigation

शिखरकी एक महिलाको भारतमा बलात्कार पछि हत्या 

भारतमा डोटीको शिखर नगरपालिकाकी एक महिलाको बलात्कारपछि हत्या गरिएको छ । शिखर नगरपालिका सुर्कालकी लक्ष्मी पार्कीको भारतको गुजरातस्थित वापीमा बलात्कार पछि हत्या भएको हो ।

Sagan sahari bhawan nirman aayojana

उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो । उनी पति अर्जुन पार्कीसहित छोरीहरूसँग विगत ४ महिनादेखि बसिरहेकी थिइन् । पति एक होटेलमा काम गर्ने गरेको र घटनाको रात पनि होटेलमै रहेका थिए ।

तीन छोरी साथमा रहेको बेला कोठामा ३ जना  अज्ञात व्यक्ति प्रवेश गरी बलात्कारपछि लक्ष्मीको हत्या गरेको आफन्तले बताएका छन् । भारतीय प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्तले बताएका छन् । उनको शव बुझेर अन्तिम संस्कार गरिसकिएको छ ।

Shaileshwori
Loading...