Before Header
After Navigation

डोटी सुपको पहिलो जिल्लाको रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मोहन ठकुल्ला, डोटी 
सुदूरपश्चिम प्रदेशको पहिलो जिल्लाका रूपमा डोटी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । स्थानीय स्वामित्व र सहभागीता, पुर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने आशयका साथ सोमबार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु पर्ने नियमित कार्यक्रम अनुसार जिल्लाका सबै पालिका घोषणा भएसँगै यो वर्ष पनि जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । जिल्लाका दुई सय ३६ वटा खोप केन्द्रबाट प्रत्येक महिनाको ८ देखि १२ गतेसम्म र जिल्ला अस्पताल डोटीबाट महिनाको १५ गते नियमित खोप सेवा प्रवाह हुँदै आएको प्रमुख मलासीले बताए । यी खोप केन्द्रबाट १३ प्रकारका खोप लगाइन्छ ।

२०७९ माघ महिनाबाट सुरु भएको घरधुरी सर्वेक्षण अनुसार ० देखी १५ महिनासम्मका ४ हजार ४ सय ५ बालबालिका मध्ये ६ जना शून्य डोज र ३१ जना ड्रप आउट तथा १६ महिना देखी ५९ महिना सम्मका ११ हजार ६ सय ६ जना बालबालिका मध्ये १६ जना शून्य डोज, एक सय ६६ जना ड्रप आउट र एक सय जना अन्यत्र गएका छन् ।

Sagan sahari bhawan nirman aayojana

स्वास्थ्य निर्देशनालय राजपुरका स्वास्थ्य निर्देशक डाक्टर जगदीश जोशीले स्वास्थ्य मानिसको महत्त्वपूर्ण कुरा भएकाले स्वास्थ्य क्षेत्रको विकासको लागि सबैले भूमिका खेल्नुपर्ने बताए । खोप व्यक्तिको भविष्यसँग सरोकार राख्ने हुँदा कतै बालबालिका छुटेका हुनसक्ने भएकाले खोजी गर्नु पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सीँ खड्काले अबका दिनहरूमा पनि दुर्गम क्षेत्रका बालबालिकाहरूको खोजी गरेर आवश्यक खोप लगाउनु पर्ने बताए । अभिभावकहरूले स्वास्थ्यकर्मीलाई सहयोग गरी खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्नुपर्ने उनले बताए । जिल्ला पूर्ण खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने महिला स्वयंसेविका, स्वास्थ्यकर्मीसहितलाई कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय उपप्रमुख स्मृति चुनाराले धन्यवाद दिइन् । उनले जस्तोसुकै महामारीको बेला पनि पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी महान् रहेको बताइन् ।

आउने वर्षहरूमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्न र खोप कार्यक्रममा लगानी सुनिश्चित गर्न कार्यक्रमका सहभागीले हस्तान्तर गरेर प्रतिबद्धता जनाएका छन् । त्यस्तै नौ वटै पालिका, पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका सहितलाई प्रशंसा पत्र वितरण गरिएको छ ।

Shaileshwori
Loading...