Before Header
After Navigation

मन्त्री सवार गाडी दुर्घटना : दुईको मृत्युु, मन्त्रीसहित तीन जना घाइते

बझाङ : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ जाने क्रममा केदारस्यूँ गाँउपालिका–१ को देउरामा सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी मंगलबार दिउँसो साढे १ बजेतिर दुर्घटना हुँदा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

Sagan sahari bhawan nirman aayojana

रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजु जयदेवी सिंहको मृत्यु भएको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पुष्टि गर्नुभयो । दुर्घटनामा परेर शक्त घाइते बनेका मन्त्री पृथ्वीबहादुर सिंह,चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगञ्ज लगिएको छ ।

गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।

Shaileshwori
Loading...