बझाङ दुर्घटनामा परि घाइते भएका सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

बझाङको केदास्यु गाउँपालिका-१ को धारछडामा मंगलबार गाडी दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा निधन भएको छ । हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएका सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले जानकारी दिनुभयो ।

Sayalb

सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको यसअघि मृत्यु भइसकेको छ ।  डीआइजी बोहराका अनुसार कोहलपुर लगिएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको उपचार भइरहेको छ । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

जेठ ५ गते मन्त्री भएपछि उहाँ पहिलो पटक गृह जिल्ला बझाङ जान थाल्नु भएको थियो । तर, घर समेत रहेको सदरमुकाम जयपृथ्वी नगरपालिका नपुग्दै उहाँको गाडी दुर्घटनामा परेको थियो। ६५ वर्षीय सिंह बझाङको प्रदेश सभा (क) बाट निर्वाचित हुनुभएको थियो ।

Shaileshwori
Loading...