डोटीका प्रति सय परिवारमा एक जना बस्छन् विदेश 

सिलगढी : डोटीमा रहेको जम्मा परिवार सङ्ख्याको प्रति सय परिवारमा एक जना विदेशमा बस्ने गरेको पाइएको छ । मङ्गलवार सार्वजनिक गरिएको २०७८ सालको जनगणना अनुसार डोटीमा रहेका ४५ हजार एक सय ८२ परिवार सङ्ख्यामा १७ हजार ६ सय २९ परिवार सङ्ख्या अक्सर विदेशमा बस्ने गरेका छन् । सो परिवार संख्याबाट २८ हजार ५ सय ७४ जना विदेशमा बस्छन् । जसमा २३ हजार ७ सय ५९ र महिला ४ हजार ८ सय १५ जना रहेको छन् ।
Sayalb
यो सङ्ख्या प्रतिशतमा १ दशमलव ३० हुन्छ । विदेश बस्नेमा अधिकांश भारतमा बस्ने गरेका छन् । विदेशका बस्ने जम्मा जनसङ्ख्याको ९५ दशमलव ७८ प्रतिशत अर्थात् २७ हजार ३ सय ६८ जना भारतमा बस्छन् भने ४ दशमलव २२ प्रतिशत नागरिक तेस्रो मुलुकमा बस्ने गरेका छन् । पालिका अनुसार सबैभन्दा बढी शिखर नगरपालिकाका १८ दशमलव ७१ प्रतिशत र सबै भन्दा कम बडिकेदार गाउँपालिकाका ३ दशमलव ०४ प्रतिशत जनसङ्ख्या विदेशमा बस्ने गरेको छ ।
त्यस्तै आदर्श गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका, के.आइ.सिंह गाउँपालिका, सायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिकाका क्रमशः १६ दशमलव १०, १५ दशमलव ७२, १४ दशमलव ५६, १२ दशमलव ४७, ९ दशमलव ३०, ६ दशमलव ५२ र ३ दशमलव ५८ प्रतिशत जनसङ्ख्या विदेशमा बस्छन् ।
सुदूरपश्चिम प्रदेशभर एक लाख ७२ हजार एक सय १५ परिवारबाट तीन लाख ४३ हजार ५ सय २३ जना विदेशमा बस्छन् ।
Shaileshwori
Loading...