न्युनतम सेवा मापदण्डमा जिल्ला अस्पताल डोटीको ८४ प्रतिशत

न्युनतम सेवा मापदण्डको आधारले जिल्ला अस्पताल डोटीले ८४ प्रतिशत अंक प्राप्त गरेको छ । विभिन्न सूचकका आधारमा मापन गरिंदा अस्पतालले ८४ प्रतिशत अंक पाएको हो ।
यो बिगतको तुलनामा सुधारोन्मुत अंक हो । जिल्ला अस्पताल क्रमश् सुुधारको बाटोमा रहेको प्रत्येक ६ महिनामा  अस्पतालको मूल्याङ्कनमा सुधार देखिएको हो । एक बर्ष अघी  ७० प्रतिसत गएको ६ महिना पहिला ५ प्रतिसत बढेर ७५ प्रतिसत भएको थियो भने ९ अंक बृद्धी गरेर ८४ पुगेको हो ।
स्वास्थ्य निर्देशनालय राजपुरको आयोजना तथा जिल्ला अस्पताल डोटीको सहकार्यमा भएको एक कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो । यसको मुल्याङ्कन स्वास्थ्य निर्देशनालयले गर्ने गर्दछ । अस्पतालको स्तर उन्नतकीका लागी अहोरात्र खट्ने अस्पतालका कर्मचारी तथा सहयोग गर्ने सम्पुर्णलाई अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले धन्यवाद ब्यक्त गरेका छन् । अध्यक्ष नेपालीले भने ‘ हामीले केही सुधार आवश्यक गरेका छौँ अझै धेरै सुधार  गर्न बाँकी रहेको छ ।’
Sayalb
फोहर व्यवस्थापन, लुगा धुने लगायतका केही सूचकमा भने व्यवस्थापन राम्रो नभएका कारण अंक कम पाएको छ भने औषधीको व्यवस्थापन, बिरामी उपचार लगायतका केही सूचकमा भने सन्तोषजनक अंक पाएको देखिन्छ ।

न्युनतम सेवा मापदण्डमा सुधार गर्दै जाने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर निराजन श्रेष्ठले बताए । ‘अस्पतालका पुराना भवन भत्काएर नयाँ भवनहरू बनिरहेका कारण व्यवस्थापनमा केही समस्या आइरहेको छ’, डाक्टर श्रेष्ठले भने, ‘केही समयपछि भवन निर्माण सकियो भने हामी नयाँ व्यवस्थापनका साथ अस्पताललाई अगाडि बढाउनेछौँ ।’
Shaileshwori
Loading...