Before Header
After Navigation

सुदूरपश्चिमका जनताको भाबना अनुसारको बजेट बनेन : संस्थापक मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेश सरकारको ०८०/०८१को बजेट जनताको चाहाना भाबना  अनुसार नभएको सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । त्रिवेणी एफ.एम.सँग कुरा गर्दै भट्टले उक्त कुरा बताएका हुन  । उनले भने ‘बजेट आउँदा क्रिया प्रतिक्रिया आउनु स्वभाबिक हो तर यो बजेट प्रति असन्तुष्टि व्यापक छ मन्त्री र सांसदहरू नै सन्तुष्ट छैनन् र जनता पनि सन्तुष्ट छैनन् यो बजेट कसले र कस्का लागी बनाएको हो ?’
सरकारका लोकप्रिय कार्यक्रम समेत हटाएको भट्टले बताए । उनले भने ‘सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा सञ्चालन भएको एकीकृत मुख्यमन्त्री कृर्षि कार्यक्रम हटाइएको छ, बस्ती विकास कार्यक्रम हटाइयो बहु वर्षीय क्रमगत योजना हटाइएको छ ।जसले गर्दा लगानी खेर जाने खतरा पनि बढेको छ ।’  बजेटमा आवश्यक संशोधन गर्नु पर्ने भट्टले बताए ।
संस्थापक मूख्यमन्त्री भट्टसंग गरिएको सम्बाद हेर्नका लागी तलको लिंकमा किल्कि गर्नुहोला
Sagan sahari bhawan nirman aayojana
Shaileshwori
Loading...