
सिलगढी : डोटीमा घर भत्किएर च्यापिदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ गैराकी ३० बर्सिया गङ्गा मलासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिवार राति चार कोठा भएको एक तले घर भत्किदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको हो । राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमान्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव निकालेको थियो ।
घटनाको आवश्यक अनुसन्धान भइरहेको र त्यसका लागि प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमान्डमा ६ जनाको टोली खटिएको छ ।
