शिखरमा बौलाहा कुकुरको आतंक : एकै दिन पाँच जनालाई टोक्यो

डोटी : डोटीमा बौलाहा कुकुरले एकै दिन ५ जनालाई टोकेको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेखीमा कुकुरले ५ जनालाई टोकेको बताइएको छ ।
शुक्रवार साँझ २८ वर्षकी मिना महारा, ३९ वर्षीया सीता भुल र १० वर्षीय आदेश विकलाई कुकुर टोकेको हो । बिहान पनि २ जनालाई सोही कुकुरले टोकेको थियो । कुकुरले टोकेका उनीहरूको जिल्ला अस्पताल डोटीमा उपचारपछि घर पठाइएको छ । बौलाहा कुकुरले एकै दिन वडाका ५ जनालाई टोकेपछि स्थानीय त्रसित बनेका छन् ।
Sayalb
कुकुर नियन्त्रणमा आई नसकेको वडा अध्यक्ष दीपक बोगटीले बताए ।
कुकुर नियन्त्रणमा नआएको हुनाले जुनसुकै बेला अरूलाई पनि टोक्न सक्ने भएकाले वडा भरी माइकिङ गरिएको अध्यक्ष बोगटीले बताए । कुकुर नियन्त्रणका लागि डिभिजन वन कार्यालय डोटी तथा प्रहरी लगायतका निकायसँग समन्वय भएको र भोलि सम्म नियन्त्रणमा ल्याइने अध्यक्षले बताए ।
Shaileshwori
Loading...