नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग जारी राख्ने बेलायतको प्रतिबद्धता

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग भेटवार्ता भएको छ।

संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा  भएको भेटमा स्वास्थ्य मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरेको नेपाली दूतावास लण्डननले जनाएको छ।

Sayalb

नेपाल र बेलायतबीच हालै सम्पन्न बेलायतमा नेपाली नर्सका लागि रोजगारी  सम्बन्धी सम्झौताप्रति खुशी व्यक्त गर्दै नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अनुरोध गरे।

बेलायती स्वास्थ्यमन्त्री क्वीन्सले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरूको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गरेको  दूतावासले जनाएको छ।

Shaileshwori
Loading...