Before Header
After Navigation

खप्तड शैलेश्वरी गोल्ड कप : भैरव प्रसाद गण ‘ए’ को विजयी सुरुवात

सिलगढी : डोटीमा सुरु भएको खप्तड शैलेश्वरी गोल्ड कप २०८० मा भैरव प्रसाद गण ‘ए’ ले विजयी सुरुवात गरेको छ । शनिवार अपराह्न ४ बजेबाट सुरु भएको उद्घाटन खेलमा भैरव प्रसाद गण ‘ए’ ले पुर्विचौकी गाउँपालिकालाई हराएको छ ।

Sagan sahari bhawan nirman aayojana

भैरव प्रसाद गण पुर्विचौकी गाउँपालिकासँग ८–१ गोल अन्तरले विजयी भएको हो । खेलको पहिलो हाममा दुई गोल गरेको भैरव प्रसाद गण ‘ए’ ले दोस्रो हाफमा थप ६ गोल गरेको थियो भने पहिलो हाफमा गोल गर्न नसकेको पुर्विचौकी गाउँपालिकाले दोस्रो हाफमा एक गोल मात्रै गर्न सक्यो । भैरव प्रसाद गणका अनीश लामा खेलको ‘म्यान अफ द म्याच’ बनेका छन् ।

नकआउट प्रणालीद्वारा खेलाइएको प्रतियोगिताबाट हारसँगै पुर्विचौकी गाउँपालिका भने बाहिरिएको छ । सिलगढीको टुँडिखेलमा भैरव प्रसाद गणको व्यवस्थापन तथा डोटी उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको गोल्ड कप १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

Shaileshwori
Loading...