बझाङ घटनालाई आफूले गम्भीर रुपमा लिएको सभामुख सापकोटा

असोज १३
सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताउनुभएको छ । आज सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन पुगेका सुदुरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा उहाँले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने धारणा राख्नुभयो । सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गर्नुभयो ।

Sagan sahari bhawan nirman aayojana

बझाङबाट प्रतिनिधि सभा सदस्य आशा कुमारी विक लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ बर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाहि र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए ।

Shaileshwori
Loading...