बाजुरामा पहिरो, १२ परिवार विस्थापित

बाजुरा । बाजुरामा पहिरोका कारण १२ परिवार शुक्रबार विस्थापित भएका छन् । पहिरोका कारण जिल्लाको गौमुल गाउँपालिका-३ का १२ परिवार विस्थापित भएका हुन् । गाउँपालिकाका उपाध्यक्ष सीता थापाका अनुसार लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका ५ र धल्काँडाका ७ परिवार विस्थापित भएका छन् । बस्ती माथिबाट घर नै छापिनेगरि पहिरो आएपछि उनीहरू विस्थापित हुनुपरेको उपाध्यक्ष थापाले जानकारी दिइन् ।

Sayalb

विस्थापित हुनेमा चिन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विक, राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा, झाँक्री बोहरा, गंग बोहरा अफिलाल बोहरा, बिरजित बोहराको परिवार रहेको छ । दिउँसोको समयमा वस्ति माथिबाट आएको पहिरोले मानवीय क्षति हुन भने पाएन । १२ परिवारका ६० जना भन्दा बढी विस्थापित भएका छन् । उनिहरुलाइ विद्यालयमा राखिएको छ ।

Shaileshwori
Loading...