
सुवास नेपाली, डोटी
डोटीको दिपायल सिलगढी नगरपालिका-५ मा अवस्थित भागरथी एकेडेमीमा अक्षयकोष स्थापना गरिएको छ । विपन्न तथा जेहनदार विद्यार्थीहरूका लागी छात्रवृत्ति स्वरूप रु २५ हजार बराबरको अक्षयकोषको स्थापना गरिएको हो ।

पोखरा अस्थायी घर भई हङकङ बस्दै आएका व्यवसायी ऋषि श्रेष्ठले आफ्ना पिता मणिकलाल श्रेष्ठको नाममा अक्षयकोष स्थापना हरेका हुन । आर्थिक रूपले विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोष बढाउँदै लगिने श्रेष्ठले बताएका छन् ।
आर्थिक अभावका कारण विद्यार्थीहरूले बिचैमा पढाइ छोड्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै त्यस्ता विद्यार्थीहरूलाई आफूले सहयोग गर्न पाउँदा गौरवान्वित अनुभूति हुने गरेको उनले बताए ।
