Before Header
After Navigation

बझाङमा घर भत्काउनेहरूलाई तत्काल कानुनी कारबाही गर्न इडिसीको माग

साउन १३, डोटी
सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले बझाङमा पुटके ओखेडाको निर्माणाधीन घर भत्काउनेहरूलाई कारबाहीको माग गरेको छ । शनिवार इडिसीका अध्यक्ष अधिराज बिसीले एक विज्ञप्ति जारी गर्दै वित्थडचिर गाउँपालिका–७ मा दलितहरूले बाहुनको नजिक घर बनाउन नहुने भन्दै ओखडाको निर्माणाधीन घर भत्काइएकोमा संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

केही बाहुन थरका गाउँलेहरूले बिहीबार दिउँसो ओखेडाको निर्माणाधीन घर भत्काइदिएका थिए । “कहाली लाग्दो जातीय छुवाछुत तथा भेदभावको बर्बरतापूर्ण घटना प्रति घोर भर्त्सना गर्दै, सिङ्गो राष्ट्रलाई नै लज्जित बनाउने, अमानवीय र जातजाति बिच जातीय द्वन्द्व भड्काउन खोज्ने उक्त घटनामा संलग्न सबै दोषीहरूलाई तत्काल पक्राउ गरी कानुन बमोजिम सजायको जोडदार माग गर्दछौँ” बिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

Sagan sahari bhawan nirman aayojana

साथै ओखेडाको भनाई सहित भत्काइएको घर र नष्ट पारिएको बालीनालीको अनुसन्धान गर्ने नाममा बेथिति नगरी तत्काल अपराधीहरूलाई कानुनको दायरामा ल्याउन नेपाल सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय बझाङ र वित्थडचिर गाउँपालिकाका अध्यक्षसँग माग गरिएको छ ।

इडिसी डोटीद्धारा जारी विज्ञप्ति
Shaileshwori
Loading...