नेपाल– पाकिस्तान सिधा हवाइ सेवा थाल्ने प्रयास

 नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले पाकिस्तान र नेपालबीच सिधा हवाइ उडान पुनः सञ्चालनका निम्ति लागिपरेको बताएका छन्।

आज आफ्नै कार्यकक्षमा केही कूटनीतिक पत्रकारसँगको कुराकानीमा पाकिस्तानी राजदूतले दुई राष्ट्रबीचको सिधा उडान पुनः प्रारम्भ गर्न पाकिस्तान इन्टरनेसनल एयरलाइन्स पहिलो प्राथमिकतामा रहेको बताए। निजी क्षेत्रका अन्य विमान सेवा पनि विकल्पमा रहेका उनको भनाइ छ।

Sayalb

आफूले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष, अर्थ एवं परराष्ट्रमन्त्रीलगायत अन्य विशिष्ट व्यक्तिहरूसँगका भेटमा पनि व्यापार, पर्यटन, जनस्तरको सम्पर्क स्थापनालाई अझ व्यापक बनाउन हवाइ उडान महत्त्वपूर्ण हुने भएकाले त्यसैलाई उच्च प्राथमिकतामा राखेर कुरा गरेको बताए। सबैले सिधा हवाइ सेवा पुनःसञ्चालनप्रति समर्थन जनाएको पनि राजदूत हास्मीले बताए।

परराष्ट्र सचिवस्तरीय पाकिस्तान–नेपाल परामर्श संयन्त्र, संयुक्त आयोग, कृषि तथा पर्यटनसम्बन्धी संयुक्त कार्यदल, संयुक्त व्यापार परिषद्लगायत सबै द्विपक्षीय संयन्त्रका बैठक आयोजना गर्न नेपाल सरकारका सम्बद्ध निकायसँग निरन्तर छलफलमा रहेको पाकिस्तानी राजदूतले जानकारी दिए।

Shaileshwori
Loading...