बडीकेदार गाउँपालिकाको मुकाममा बिजुली बल्यो, दुई वर्षभित्र सबै वडामा बिजुली बल्ने

गणेश मौनी 
साउन ३०, डोटी 
डोटीको बडीकेदार गाउँपालिकाको मुकाम रहेको वडा नम्बर २ खँड्यौलीमा  बिजुली पुगेको छ । सोमवार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँले बत्तीको स्विच अन गरेर बत्तीको उद्घाटन गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरण डोटीको ५२ लाख २४ हजार लगानीमा गाउँपालिकाको मुकाम सम्म बिजुली बिस्तार गरेको नेपाल विद्युत् प्राधिकरण दिपायलका प्रमुख शिवशङ्कर सोनीले बताए ।
Sayalb
आर्थिक वर्ष २०७९/०८० को टेन्डर अनुसार ५२ लाख २४ हजारको लागतमा ११ दशमलव ४७ किलोमिटर विद्युत् लाइन विस्तार गरिएको हो ।  उपकरण तथा सामाग्रीहरू प्राधिकरणका हुन भने निर्माण कम्पनीले काम गरेको हो । निर्माण कम्पनीलाई प्राधिकरणले १३ लाख ५१ हजार दिने सम्झौता बमोजिम कम्पनीले ६५ किलोमिटर वितरण लाइन विस्तारको काम गर्नेछ ।
बडीकेदार गाउँपालिकाका सबै वडामा बिजुली विस्तारका लागि साढे १२ करोडको ठेक्का सम्झौता गरिएकोले दुई वर्ष भित्र सबै वडाहरूमा बिजुली बिस्तारको काम भइरहेको गाउँपालिका अध्यक्ष भैरव बहादुर साउँदले बताए । उनले भने पालिकाको समग्र पक्षको विकासमा म लागेको छु । केही वर्ष भित्र सबै क्षेत्रको सुधार भएको देखिन्छ । बिजुलीलाई मुख्य प्राथमिकताका साथ हेरेको छु काम भइरहेको छ दुई वर्ष भित्र सबै वडाहरूमा बिजुली बिस्तार हुन्छ ।
वडाहरूमा बिजुली बिस्तार अन्तरगत सबै वडाहरूमा जाने लाइनको लागि पोलहरू बिस्तारको काम भइरहेको छ । पालिका मुकाममा पुगेको बिजुली केन्द्रीय प्रसारण लाइनको नभई बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरमा रहेको सालमुनि हाईड्रोपावर बाट जडान गरिएको हो ।
Shaileshwori
Loading...