शिखर घटना : जनतालाई भ्रमित बनाएको रास्वपाको आरोप

पत्रकार महासङ्घ र तीन ओटा प्रेस सङ्गठनको संयुक्त विज्ञप्ति

डोटी : राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले शिखर नगरपालिकामा घटेको घटनाले नगरपालिका प्रति अविश्वासको वातावरण सिर्जना भएको र जनतालाई भ्रमित बनाएको बताएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै रास्वपा डोटीले नगर प्रमुख दीर्घ बहादुर बलायर र स्वकीय सचिव राजेश ठगुन्नाबिच भएको विवादले समाजमा नकारात्मक सन्देश गएको र जनतालाई भ्रमित बनाउनुका साथै नगरपालिका प्रति अविश्वासको वातावरण पैदा भएको जनाएको छ ।पार्टीका जिल्ला संयोजक केशव बलायरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नगरप्रमुखको गतिविधिले समाजलाई भ्रमित पारेको हुँदा उनको पद माथि नै गम्भीर प्रश्न उठेको उल्लेख गरिएको छ ।

‘सामाजिक सञ्जालमा आफू विरुद्ध लागेका अरोपहरुको खण्डन गर्न नसक्नु र पारिवारिक कारण हो भनेर टार्न खोज्नुले सार्वजनिक पदको मर्यादाभन्दा बाहिर गएर काम गरेको बुझिन्छ । नगर सचिवालय सदस्यबाट नै नगर प्रमुखमाथि गम्भीर किसिमका आरोप लागेको कारण आम जनताले गम्भीर भएर सोच्न बाध्य तुल्याएको छ। समग्र शिखर नगरपालिका वासिले दिएको मतको सम्मान गर्न छोडेर यस्ता प्रकारका हिंस्रक गतिविधि गरी गोप्यमा बसेर मिलाउन खोज्नुले सार्वजनिक पदको कुनै औचित्य रहदैन् । केही महिना अगाडी आएको अडियो काण्ड र अहिलेको आफ्नै स्वकीय सचिव माथिको ढुङ्गा प्रहार काण्डले जनतामा निराशापनको अनुभूति तुल्याएको छ, विज्ञप्तिमा भनिएको छ ।’

साथै नगरपालिका र नगरप्रमुख माथि लागेका आरोपहरू पत्रकार सम्मेलन गरी जनताको सामु आएर स्पष्टीकरण दिनुपर्ने रास्वपाको माग छ । यदि यसो नगरिएमा नगर प्रमुखको क्षमता माथि गम्भीर प्रश्न उठाउने र जनताको सामु जाने पनि चेतावनी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी डोटीद्वारा जारी प्रेस विज्ञप्ति

 

के थियो घटना
गत बिहीबार साँझ नगर प्रमुख बलायरका स्वकीय ठगुन्नाले टाउकोमा चोट लागि रगताम्य भएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै नगरप्रमुखले आक्रमण गरेको बताएका थिए । उनले बिरामीलाई एम्बुलेन्स खोज्न नसकेको रिसको झोकमा मेयरले आफूलाई आक्रमण गरेको बताएका थिए । घटना भएदेखि शुक्रवार बिहान सम्म स्वकीय ठगुन्नाले मेयर बलायरलाई भ्रष्टाचार गरेको, विभिन्न अपराध गरेको, अनैतिक यौन सम्बन्ध राखेका जस्ता गम्भीर प्रकृतिका आरोप लगाउँदै करिब दर्जन स्ट्याटस राखेका थिए । उनले आफूमाथि कति बेला खुकुरी त कति बेला ढुङ्गा प्रहार भएको भन्दै स्ट्याटस राखेका थिए ।

 

Sayalb

उता शुक्रवार साँझ नगरपालिकाले एक विज्ञप्ति सार्वजनिक गर्दै घटना सामान्य रहेको बताएको थियो । सहयोगी कर्मचारी ठगुन्ना र नगरप्रमुख बलायर बिच नजिकको नाता, सम्बन्ध, जिम्मेवारीका कारण सामान्य घटना भएको बताएको थियो । नगर प्रवक्ता धीर्क बहादुर सिंहद्वारा हस्ताक्षरित नगरपालिकाको विज्ञप्तिका अनुसार बिरामी परेका एक जनाको उद्धारको क्रममा नगर प्रमुख र सहयोगी कर्मचारीका बिच भनाभन भइरहेका बेला भिडबाट आएको ढुङ्गा लागेर ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको उल्लेख छ । नगरपालिकाको आधिकारिक धारणा नआउँदै सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरेको भन्दै नगरपालिकाले आपत्ति पनि जनाएको थियो ।

शिखर नगरपालिकाद्वारा जारी विज्ञप्ति

पत्रकार महासङ्घ र प्रेस सङ्गठनको विज्ञप्ति
उक्त घटनाको समाचार सम्प्रेषण नगरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा डोटीका पत्रकारलाई लक्षित गरी विभिन्न नकारात्मक प्रतिक्रिया सार्वजनिक भए । कतिपय प्रतिक्रिया त यस्ता पनि छन् जसले पत्रकारिता पेसालाई नै असर गर्ने खाले छन् । यसै सन्दर्भमा डोटीका तीन ओटा पत्रकार संगठनहरु प्रेस युनियन डोटी, प्रेस सेन्टर नेपाल डोटी र समाजवादी प्रेस सङ्गठन नेपाल डोटीले संयुक्त र पत्रकार महासङ्घ डोटीले आपत्ति जनाउँदै प्रेस विज्ञप्ति नै जारी गरेका छन् । समाचार प्रकाशन गर्ने वा नगर्ने विषयमा पूर्ण अधिकार पत्रकार स्वयम र मिडियालाई हुने बताउँदै आफू अनुकूलको समाचारका लागि विभिन्न जिम्मेवार व्यक्तिबाटै अनावश्यक टीकाटिप्पणी आएको भन्दै आपत्ति जनाएका हुन् । साथै शिखर नगरपालिकाले मिडियालाई लगाएको आरोप पनि निराधार रहेको पत्रकार महासङ्घ डोटी शाखा र विभिन्न प्रेस सङ्गठनको निचोड छ ।

   

Shaileshwori
Loading...