
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सुरु गरेको तिन महिने अभियानलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउनका लागी सुदूरपश्चिम प्रदेशमा नौ जिल्लामा नयाँ इन्चार्ज तातिएको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले नेता कार्यकर्ताको विभाजन गर्ने क्रममा नयाँ जिल्ला इन्चार्ज बनाइएको हो ।
कैलाली टेकेन्द्र भट्ट, कञ्चनपुरमा वीरमान चौधरी, डडेल्धुरामा हरि ज्ञवाली, बैतडी रामप्रसाद तिमिल्सेना, दार्चुलामा नरेन्द्र कुवर, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन र डोटीमा लक्ष्मीराम आचार्यलाई इन्चार्ज तोकिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सुदूरपश्चिम पार्टी सचिव जनक बुढाले जानकारी दिएका छन् । नयाँ तोकिएका इन्चार्ज सम्बन्धित जिल्ला भन्दा बाहिरबाट पठाइएको छ ।
सुदूरपश्चिम प्रदेशका पूर्व इन्चार्ज खगराज भट्टलाई तिन महिने अभियान व्यवस्थापन समितिको जिम्मेवारी दिइएको छ । व्यवस्थापनमा भट्ट सहित हरिराम चौधरी, त्रिलोचन भट्ट, झपट साउद र रमेश सिंह धामी छन् भने प्रचार प्रसारमा ओम विक्रम भाट सहित दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजीता श्रेष्ठ रहनु भएको छ । बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र तय गरेको छ ।

