

बझाङ । बझाङमा जङ्गली च्याउ खाँदा दाजु बहिनीको मृत्यु भएको छ । जिल्लाको जय पृथ्वी नगरपालिका–६ नौराका १२ वर्षीय सुदीप कठायत र ७ वर्षीया सञ्जिला कठायतको जङ्गली च्याउ खादा ज्यान गएको हो । जङ्गलमा भेटिएको च्याउ खाँदा मृतक दाजु बहिनी सहित आमा पुनी कठायत पनि बिरामी परेकी थिइन् । आमा पुनीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएकोमा बुधवार बिच बाटोमै ज्यान गएको थियो भने सुदीपको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे मृत्यु भएको जय पृथ्वी नगरपालिका–६ का वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बताए ।
