स्थानीय सरकारले गैरसरकारी संस्थासँग सहकार्य गर्न आवश्यक छ : प्रमुख सिंह

डोटी । जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले गैर सरकारी संस्थालाई साथमा लिएर अगाडी बढ्न स्थानीय सरकारसँग आग्रह गरेका छन् । शुक्रवार सिलगढीमा सम्पन्न समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको ७ औँ साधारण सभा तथा वार्षिक परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले यस्तो आग्रह गरेका हुन् ।

Sayalb

स्थानीय सरकारले सीमित स्रोत र साधनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगायतमा क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेकाले गैर सरकारी संस्थाहरूसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्दा विकासले चाँडो गति लिने सिंहले बताए । “मैले विकासको लागि पुरै गैर सरकारी संस्थाहरूको भर पर्नु पर्छ भन्न खोजेको होइन, प्रमुख सिंहले भने तर संस्थाको र स्थानीय सरकारको उद्देश्य मिलेको बेला सहकार्य गर्नमा कन्चुसाई गर्नु हुन्न ।”

समन्वय प्रमुख सिंहले गैर सरकारी संस्थाहरूले सरकारलाई सघाइरहेकोप्रति प्रशंसा गर्दै कृषिको क्षेत्रमा व्यापक कार्यक्रम सञ्चालन गर्न पनि अनुरोध गरेका छन् । डोटी जिल्लामा कृषियोग्य जमिन हुँदाहुँदै बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने स्थितिको अन्य गर्न तर्फ सबैको ध्यान जान आवश्यक रहेको सिंहको भनाई छ ।

Shaileshwori
Loading...