
राष्ट्रिय युवा सङ्घ नेपाल जोरायल गाउँपालिकाको दोस्रो अधिवेशन बाट खगेन्द्र खड्का अध्यक्षमा चयन भएका छन् । समितिको उपाध्यक्ष दिनेश हमाल , सचिव दीपक नेपाली , कोषाध्यक्ष चन्द्रा अवस्थी स–सचिव मोहन ओली र लिलम कुमार साउद रहने गरी लगायत१७ सदस्यीय पालिका कमिटी सर्व सहमत चयन गरिएको राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य अमृत ओली ‘धनुष’ले जानकारी दिए । जोरायल गाउँपालिकाबाट सुरु भएको राष्ट्रिय युवा सङ्घको डोटीका सबै पालिकामा गठन गर्ने कार्यक्रम रहेको युवा सङ्घ डोटीले जानकारी दिएको छ ।

