सायलको जनज्योति आधारभूत विद्यालयमा तोडफोड

भदौँ २२, डोटी
सायल गाउँपालिका वडा नम्बर २ ग्वानीमा रहेको जनज्योेती आधारभूत विद्यालयमा तोडफोड भएको छ । बिहीबार साझदेखी रातीको समयमा अज्ञात व्यक्तिले विद्यालयमा तोडफोड गरेको वडा अध्यक्ष मान बहादुर सिंहले जानकारी दिए । विद्यालयको ताला तोडी कार्यालय भित्र रहेका विभिन्न कागजात च्यातेर यत्रतत्र फालिएको अवस्थामा फेला परेका छन् ।
Sayalb
विद्यालयका केही सामग्री अज्ञात व्यक्तिले लगेर गएको र बाहिर सडकामा फालेका कागजात पानिले भिजेको अववस्थामा भेटिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धन बहादुर सिंहले बताए । विद्यालयमा कसले र किन तोडफोड ग¥यो भन्ने खुल्न नसको बताइएको छ । घटनाको बारेमा बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।
गत असारमा यो विद्यालय यसै वडामा रहेको भवानी माद्यामिक विद्यालयसँग मर्ज भएको थियो । मर्जहुनेबेला बाल कक्षा यँही पठनपान हुने सहमती भएको भएपनि त्यसयता कार्यालय खोल्नेबाहेक यस विद्यालयमा पठनपाठनका भएको छैन ।
Shaileshwori
Loading...