Before Header
After Navigation

माओवादी विशेष रूपान्तरण अभियान : बाटो सरसफाइ देखी नाउलो मर्मतसम्म

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीले सुरु गरेको तिन महिने विशेष रूपान्तरण अभियान अन्तरगत  गाउँ तथा बस्ती स्तरमा पुग्न थालेका छन् । वडा सम्मै केन्द्रीय सदस्यहरूलाई पठाउने योजना बनाएको माओवादी केन्द्रका नेताहरू श्रमदान मार्फत विभिन्न वडाहरूमा जोडिन थालेका छन् ।
माओवादी केन्द्रका नेता कुवा सरसफाइ देखी बाटो मर्मतमा स्थानीयसँग जोडिएर काम गर्न थालेका छन् ।  सायल र आदर्श गाउँपालिकाका जिम्मेवारी प्राप्त गरेका केन्द्रीय सदस्य गोविन्द विकले जनताका बिचमा भेटघाट, श्रमदान, विभिन्न प्रकारका सहयोग सल्लाह मार्फत जनतालाई सहयोग गर्ने कार्य भइरहेको बताए । उनले भने ‘ जनताले हामीलाई हिजोकै माओवादीको अपेक्षा गर्‍यो त्यसैले हामी आफूलाई जनताको पक्षमा काम गर्ने माओवादी बनाउन चाहन्छौँ ।
Sagan sahari bhawan nirman aayojana
स्थानीय सहभागिता सहित केन्द्रीय सदस्य गोविन्द बिकको नेतृत्वमा आदर्श गाउँपालिका– ४ गौरीलेमा बाटो मर्मत तथा सरसफाइ गरिएको थियो भने  नेकपा माओवादी केन्द्र महिला नेतृ कमली लुहारको नेतृत्वमा वर्षाका कारण बिग्रिएको शिखर नगर पालिका वडा न.७ मा पर्ने बोगटा पन्यारा खाने पानीको नाउलो मर्मत गरेको प्रदेश कमिटी सदस्य नरेन्द्र बलायरले जानकारी दिए ।
Shaileshwori
Loading...