
भदौ २२, डोटी
बोगटान फुड्सिल गाउँपालिकाले तिज विशेष कार्यक्रम गर्ने भएको छ । हरितालिका तिज २०८० को अवसरमा पालिकाका सातै वडामा तिज विशेष कार्यक्रम गरिने गाउँपालिकाले सूचना मार्फत जानकारी दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेद्वारा जारी सूचनामा भदौ २६ गते देखि ३० गतेसम्म वडा कार्यालयको आयोजनामा कार्यक्रम गरिने बताइएको छ ।

भदौ २६ गते वडा नम्बर ६ गगुडामा, २७ गते वडा नम्बर ७ चवराचौतारामा, २८ गते वडा नम्बर २ केदारअखडा, वडा नम्बर ४ सातफरी र वडा नम्बर ५ धिर्कामान्डौमा कार्यक्रम हुने बताइएको छ । त्यस्तै ३० गते वडा नम्बर १ सिमचौर र वडा नम्बर ३ कानाचौरमा तिज विशेष कार्यक्रम गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वडाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन सबै महिलाहरूलाई आग्रह गरेको छ ।
