Before Header
After Navigation

जहाँ स्ट्रेचर समेत छुईन्छ….. .!

Sagan sahari bhawan nirman aayojana

रामहरि ओझा २३ भाद्र, डोटी“हाम्रो गाउँका एक जना मान्छे बिरामी भएर अस्पताल ल्याएका थियौं, उहाँको अस्पतालमै मृत्यु भयो, अनि लास घर लैजानु पर्ने भयो । सडक पुगेको ठाउँसम्म उहाँको लास गाडीमा हालेर लग्यौ, त्यहाँबाट बाटो अप्ठेरो भएका कारण स्ट्रेचरमा राखेर लैजान खोजेको तर स्ट्रेचर पाईएन ।”डोटीको दिपायल सिलगढी नगरपालिका—७ कि लक्ष्मी लुहारले आफ्नो पीडा सुनाईन् । उनले पटक पटक आग्रह गर्दा पनि गाउँलेले स्ट्रेचर “छुईने” भन्दै दिन नमानेको वताईन् । उनी थप्छिन् ‘एकातिर उपचारमा धेरै पैसा खर्च भएर पनि मान्छे मरेको पीडा छ, अर्कोतिर लास घर पु¥याउन स्ट्रेचर नपाएको पीडा, त्यसमाथी पनि स्ट्रेचर छुईन्छ भनेर नदिएकोमा झन पीडा भयो ।’धेरै पटक आग्रह गर्दा पनि स्थानीयले स्ट्रेचर नदिएपछि आफुहरुले वडाध्यक्षलाई फोन गरेको उनी बताउँछिन् । ‘स्ट्रेचर नपाएपछि हामीले वडाध्यक्ष कर्णवहादुर बिष्टलाई फोन ग¥यौं’ सम विकास केन्दद्वारा आयोजित दिपायल सिलगढी नगरपालिकाको लैङ्गिक हिंसा निवारण राहत कोषको प्रभावकारी कार्यान्वयन बिषयक अन्तरक्रिया कार्यक्रममा लक्ष्मी भन्छिन् ‘उहाँले ति व्यक्तिहरुलाई हप्काउँदै तुरुन्त स्ट्रेचर दिनु भनेपछि मात्र पाईयो ।’ उनी वडाध्यक्ष बिष्टले स्थानीयलाई फोन गरेर स्ट्रेचर सवै जनताका लागि भएको र सवैले निर्वाध रुपमा उपयोग गर्न पाउने वताएपछि मात्र स्ट्रेचर पाईएको उनी वताउँछिन् ।
आफुहरुले जातीय बिभेद गरेर स्ट्रेचर नदिएको भन्ने कुरा गलत भएको एक स्थानीय बताउँछन् । ‘हामीले जातीय बिभेद गरेर स्ट्रेचर छुईन्छ भनेका होईनौं’ उनले भने ‘हामी स्ट्रेचर मन्दिरमा राख्छौं, लास छुईएपछि हिन्दु संस्कार अनुसार मन्दिरमा राख्न नहुने भएका कारण दिन नमिल्ने भनेका हौं ।’ उनले स्ट्रेचर हालसम्म कुनै पनि समुदायको लास बोक्नमा प्रयोग नभएको उनले दावी गरे । उनले भने ‘तर पछि वडाध्यक्ष र गाउँका बुढापाकाहरुले पनि केही हुँदैन भनेपछि हामीले दिएका हौं ।’
मन्दिरमा पुजा गर्न पाईएन
उक्त कार्यक्रममा सहभागी सन्जी नेपालीले आफुहरुले मन्दिरमा पुजा गर्न नपाएको बताईन् । ‘गौरा पर्वको दिन छोरी÷नातिनीहरु दिपायल सिलगढी नगरपालिका–४ मा रहेको पञ्चेश्वर मन्दिरमा पुजा गर्न गएका थिए’ सन्जीले भनिन् ‘उनीहरुलाई मन्दिरमा दलितले पुजा गर्न नपाईने भन्दै फर्काईयो ।’ दलितलाई मन्दिरमा पुजा गर्न नदिने महिलाहरु सामुदायिक बिद्यालयका शिक्षक रहेको समेत सन्जीको दावी छ । उनी थप्छिन् ‘पुजारीले पुजा गर्न देउ केही हुँदैन भन्दा पनि शिक्षक महिलाहरुले रोकेछन् ।’
गत बर्ष आफुहरुले पुजा गरेको तर यसपाली छोरीहरुलाई फकाईदिएपछि आफुहरु नगएको स्थानीय धनशरा आउजी वताउँछिन् । उनले भनिन् ‘मन्दिरका पुजारीले रोक्नु हुन्न, उहाँले पुजा गराईदिनु हुन्छ, तर अन्य स्थानीयले रोक्छन् ।’
अहिलेको युगमा स्ट्रेचर समेत छुईने अवस्था रहनु दुर्भाग्य भएको बताउँछन् अधिकारकर्मी अधिराज बिसि । उनी भन्छन् ‘जिल्ला सदरमुकाम क्षेत्रमै त यस्तो अवस्था छ भने गाउँतिरको अवस्था कस्तो होला ?’ उनी यस्ता व्यक्तिहरुमाथी तुरुन्तै कारवाही हुनु पर्ने माग राख्छन् । ‘हामीले लामो समयदेखि सामाजिक बिभेदको अन्त्यका लागि आन्दोलन गर्दै आयौं’ सम विकास केन्द्रका अध्यक्ष समेत रहेका बिसि भन्छन् ‘तर अहिलेसम्म पनि यस्ता अमानवीय घटनाहरु भईरहेका छन् ।’ उनले यस्ता घटना न्यून गर्नु नगरपालिकाको पनि जिम्मेवारी रहेको बताए ।
स्ट्रेचर समेत नदिनु अमानवीय क्रियाकलाप भएको दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशी वताउँछन् । उनी भन्छन् ‘यस्ता मान्छेहरुलाई कानुनी दायरामा ल्याउनु जरुरी छ ।’
नगरपालिकाभित्रै यस्ता घटना हुनु दुःखद् भएको वताउँछन् दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकार । उनले जातीय छुवाछुत रोक्नका लागि कानुनी लडाई लड्नु पर्ने आवश्यकता रहेको वताए ।
जातीय छुवाछुत र लैङ्गिक हिंसा रोकथामका लागि नगरपालिकाले ठोस योजना वनाई सञ्चालन गर्ने दिपायल सिलगढी नगरपालिका उपप्रमुख कलावती महर साउँदले वताईन् । उनले भनिन् ‘अहिले पनि समाजमा बिभिन्न बिभेद र लैङ्गिक हिंसाका घटनाहरु भईरहेका छन्, यसका लागि सरोकारवाला सवैले सक्रिय हुनु जरुरी छ ।’

Shaileshwori
Loading...