संविधान दिवसको अवसरमा अखिल (क्रान्तिकारी) ले गर्‍यो सरसफाइ

असोज ३, डोटी 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) डोटीले सरसफाइ गरेर संविधान दिवस मनाएको छ । अखिल (क्रान्तिकारी)ले संविधान दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिर परिसरको सरसफाइ गरेको हो ।

जनताको त्याग, तपस्या र बलिदानबाट निर्माण भएको नेपालको संविधान २०७२ जारी भएको महत्त्वपूर्ण दिनमा अखिल (क्रान्तिकारी) ले सरसफाइ कार्यक्रममाको आयोजना गरेकोमा नेकपा माओवादी केन्द्र डोटीका सचिव डबल बहादुर सिंहले धन्यवाद दिए । शैलेश्वरी मन्दिरमा पटक पटक सरसफाइ हुने तर फोहोर गर्ने मानिसको प्रवृद्धिको अन्त्य हुन नसकेकोले फोहोर व्यवस्थापनमा सबैले ध्यान दिन जरुरी रहेको सचिव सिंहले बताए ।

Sayalb

सरसफाइका क्रममा मन्दिर परिसरमा मेघा श्री (गुट्खा) का खोल धेरै भेटिएको अखिल (क्रान्तिकारी) डोटीका अध्यक्ष प्रकाश जैशीले बताए । शैलेश्वरीमा आउने हर कोही व्यक्तिले फोहोरलाई डस्बिनमा हाल्ने बानी बसाल्न आवश्यक रहेको र मन्दिर व्यवस्थापन समितिले परिसरमा पर्याप्त डस्बिनको व्यवस्था गर्नुपर्ने अध्यक्ष जैशीले बताए  । सरसफाइ कार्यक्रममा अखिल (क्रान्तिकारी) का सदस्य तथा माओवादी पार्टीका नेताहरू लगायतको सहभागिता रहेको थियो । आज नेपालको संविधान २०७२ जारी भएको ८ वर्ष पुरा भएको छ । संविधान दिवस देशभर भव्यताका साथ मनाइँदै छ ।

   

Shaileshwori
Loading...