
असोज ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । शनिवार चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बिच हाङजाउमा भेटवार्ता भएको छ । चीन र नेपालको टोलीबिच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ ।

अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रधानमन्त्री प्रचण्ड हाङ्जाउबाट बेइजिङ जाने र त्यहाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । एक हप्ता चीनमा रहने प्रधानमन्त्री प्रचण्डले नेपालसँगको सीमा क्षेत्र तिब्बत पनि भ्रमण गर्नेछन् ।
