Before Header
After Navigation

वडा अध्यक्ष सुनारले दिए आफूले प्रयोग गर्ने मोटरसाइकल स्वास्थ्य चौकीलाई 

Sagan sahari bhawan nirman aayojana
असोज ०८, डोटी
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष चन्द्रमान सुनारले चवरा चौतारा स्वास्थ्य चौकीलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् ।  स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष समेत रहेका सुनारले आफूले प्रयोग गर्दै आएको से १ ब १२१८ नम्बरको मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
सोमबार स्वास्थ्य चौकीको गत आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्ष सुनारले मोटरसाइकलको चाबी स्वास्थ्य चौकी प्रमुख प्रकाश विकलाई हस्तान्तरण गरेका हुन् । गाउँपालिकाले वडाको कार्य सहजताको लागि  मोटरसाइकल आफूलाई दिएको भए पनि हाल स्वास्थ्य चौकीलाई त्यसको आवश्यकता भएकाले दिएको अध्यक्ष सुनारले बताए ।
“मैले जनताको घरमा केही ढिलो पुग्दा त्यति फरक पर्दैन तर स्वास्थ्यकर्मी समयमै नपुगेमा समस्या सिर्जना हुनसक्छ वडा अध्यक्ष सुनारले भने, अब स्वास्थ्यकर्मी घरमै गएर पनि सेवा प्रदान गर्न सक्छ  ।” मोटरसाइकल बुझ्दै स्वास्थ्य चौकी प्रमुख प्रकाश बहादुर विकले एउटा आवश्यकता पुरा गरिदिएकोमा वडा अध्यक्ष सुनारलाई धन्यवाद दिए । अध्यक्षले गरेको सहयोगले बिरामीले घरमै बोलाएको बेला पैदल जानुपर्ने बाध्यताबाट थोरै भए पनि मुक्ति मिल्ने प्रमुख बिले बताए ।
Shaileshwori
Loading...