Before Header
After Navigation

सिलगढीको खानेपानीमा मुहानदेखि गाग्रीसम्मै दिशाको कीटाणु 

डोटीको जिल्ला सदरमुकाम सिलगढीका उपभोक्ताले प्रयोग गर्ने पानीमा खानेपानीको मुहानदेखि उपभोक्ताको गाग्रीसम्मै दिशाको कीटाणु भेटिएको छ ।  स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा सिलगढीमा आउने पानीको मुहान देखी उपभोक्ताको घरको गाग्रीसम्मका ७ वटा नमुना संकलनगरी परीक्षण गर्दा सबैमा दिशाको टिकाणु भेटिएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । सिलगढीमा आउने पानीमा अत्यधिक धमिलो हुनुका साथै दिशाको कीटाणु भेटिएको छ ।
सिलगढीमा आउने पानीको मुहान मछेन्तोलामा कोलिफम ३, खानेपानी ट्याङ्की सिलगढी ३, धारामा २ र गाग्रीमा १ कोलिफम देखिएको पानीमा धमिलोपन मछेन्तोलामा ३५, ट्याङ्कीमा २०, धारामा १५ र गाग्रीमा १३ देखिएको छ ।  जनावर वा मान्छे कसको दिशा हो भन्ने पहिचान भएको तर दिशाको कीटाणु देखिएको ल्याब असिस्टेन्ट निर्मल ओझाले बताए । उनले भने ‘दिशा के को हो हामी छुट्टाउन सक्दैनौँ तर  पानीमा दिशाका कीटाणु छ ।’
सिलगढीमा आउने पानीमा कोलिफम देखिएको खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले बताए । उनले भने ‘हामी कोलिफमको मात्र बढ्ने बित्तिकै क्लोरिन हाल्ने गरेको छौँ कीटाणु मान्छेको नभई बस्तुभाउ र जङ्गली जनावरको हुन सक्छ ।’
पानीमा कोलीफमका कारण झाडापखाला, हैजा तथा विभिन्न प्रकारको रोगहरूको सङ्क्रमण हुने खतरा हुन्छ ।
Sagan sahari bhawan nirman aayojana
Shaileshwori
Loading...